आर्थिक

माछापुछ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

१७ माघ, काठमाडौं । माछापुछ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् । यो सुविधा बैंकका ग्राहकलाई २०७९ फागुन १५ गते सम्म मात्र कायम रहनेछ । बैंकले आफ्ना डेबिट-क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको हो ।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ । साथै माछापुछ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले ०% EMI भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् ।