शिक्षा

शैक्षिक क्षेत्र सुधारमा गोकुलगङ्गा गाउँपालिका

रामेछाप । विद्यार्थीको आकर्षण निजी विद्यालयतिर बढ्दै जान थालेपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि अभियान सुरु गरेको छ ।

उक्त अभियानअन्तर्गत विभिन्न विद्यालयमा शिक्षक तथा अभिभावकसँग अन्तक्र्रियाका साथसाथै प्रधानाध्यापाक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई शिक्षाविद्मार्फत अनुशिक्षण दिन थालेको हो ।

सोही सन्दर्भमा उक्त गाउँपालिकाले प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्ने अठोटका साथ शिक्षाविद् डा. विद्यानाथ कोइरालालाई पालिकामा ल्याएर शैक्षिक क्षेत्र सुधारका उपायका बारेमा दुई दिन अनुशिक्षण चलाएको हो । शिक्षा क्षेत्रका सुधारका लागि प्रयासरत यस पालिकाको आयोजना र सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासङ्घ केन्द्रीय समितिको सहजीकरणमा उक्त कार्यक्रम गरेको थियो ।

कार्यक्रममा पालिकाका अधिकांश विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।