खेलकुद

महिला टि-२० क्रिकेट : काठमाडौं च्याम्पियन

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि-२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-२ देहिमाडौँले हात पारेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा दनपा-८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै देहिमाडौँले रु २५ हजार, ट्रफी, मेडल प्राप्त ग¥यो । त्रिपुराले रु १५ हजार, ट्रफी, मेडलमा चित्त बुझायो । जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहिमाडौँले सात दशमलव पाँच ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । कप्तान पिङ्की बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरे । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनी एक–एक विकेट लिए ।

त्यसअघि निंग्लाशैनी खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले १४ दशमलव तीन ओभरमा ५९ रन बनाउँदै सबै विकेट गुमायो । उसका लागि माया टमटाले १० रन बताए । देहिमाडौँका लागि निर्मला बोहरा, आरती बोहरा, वसन्ती बोहराले तीन–तीन विकेट हात पारिन् । देहिमाडौँकी वसन्ती बोहरा वुमन अफ दी फाइनल घोषित भएका स्कोरर द्रोपती कुँवरले जानकारी दिए ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ४९ रन र पाँच विकेट हात पारेकी देहिमाडौँकी कप्तान पिङ्की बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले रु तीन हजार पुरस्कार पाइन् । यस्तै १० विकेट लिएकी देहिमाडौँकी वसन्ती बोहरा उत्कृष्ट बलर र एक सय ४९ रन बनाएकी देहिमाडौँकी पिङ्की बोहरा उत्कृष्ट ब्याटर चुनिए । दुवैले जनही रु एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा–९ ग्वाल्लेकको टोली अनुशासित टोली बन्यो । दनपा–१० बाराकोटकी पियान्सी चन्द उदीयमान खेलाडी घोषित भए ।

सहिद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ९ गतेदेखि सुरू भएको प्रतियोगितामा नगरका सात टोली सहभागी थिए । यस्तै समापन समारोहमा दशरथचन्द नगरपालिकाका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले बताए । यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिससेका रितु कनौजिया, अञ्जली चन्द, द्रोपती कुँवर, रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो ।

समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाइले खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र खेलाडीको क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताए ।