खेलकुद

यू-१९ एसियन क्वालिफायर्समा झाले टिमको कप्तानी गर्ने

पोखरा । गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । पोखरामा बसेको क्यानको बोर्ड बैठकले आईसीसी एसियन क्वालिफायर्सका लागि टिमको कप्तानको जिम्मेवारी झाले पाएका हुन् ।

त्यस्तै, यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् । झाले पहिलो पटक नेपालको लागि कप्तानी गर्ने भएका हुन् । झाले २०२१ सेप्टेम्बरमा १६ वर्षको उमेरमा युएईविरुद्धको एक दिवसीय खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।