मनोरञ्जन

‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक(भिडियो)

काठमाडौं । फिल्म ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । फागुन १९ गते प्रदर्शन हुने फिल्मको प्रचारको लागि पहिलो गीत सार्वजनिक गरिएको हो ।

राजेन्द्र थापाको शब्द रहेको ‘दर्शन सलाम’ बोलको गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ । दीपक शर्माको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन।

डान्सिङ प्याटनको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले कम्मर मर्काएकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा र राज आचार्यलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

(भिडियो)