समाचार

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका एक नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानडाका एक नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा ९ किलो १३५ ग्राम सुनसहित पक्राउ गरिएको हो ।

उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन बरामद भएको प्रहरीले जनाएको छ । केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।