समाचार

गृह मन्त्रालयका विषयमा रास्वपाले धैर्य गर्नुपर्छ : कृष्ण महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता राख्नुपर्ने बताएका छन् ।

पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष महराले गृह मन्त्रालयका विषयमा रास्वपाले धैर्यता राख्नुपर्ने बताए । ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ’, उनले भने ।

रास्वपाले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर माओवादी केन्द्रकाअध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिन नसकिने बताएका छन् । रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने तयारीमा छ ।