मनोरञ्जन

कमेडी फिल्म ‘ह्यारीकी प्यारी’ रिलिज

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ देशव्यापी रिलिज भएको छ ।

साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’लाई कपिल रिजालले निर्देशन गरेका हुन् । २ घण्टा १६ मिनेट लामो फिल्मलाई कमेडी, ड्रामा र रोमान्स जनरामा राखिएको छ । यो फिल्मले दुई अलग पृष्ठभूमि र भूगोलका प्रमुख पात्रहरु कसरी एकापसमा भेट्छन् र प्रेममा पर्छन् भन्ने उतारचढावको कथा भन्छ । दन्त चिकित्सक रहेका रिजालले यही फिल्मबाट निर्देशकीय डेब्यु गरेका छन् ।

लामो समयपछि भोला रिजालको फिल्म निर्माण कम्पनी बीआर प्रोडक्सन यो प्रोजेक्टमार्फत कमब्याक भएको छ । कमेडी र ग्रामीण कथावस्तु रुचाउने दर्शकलाई यो फिल्म मन पर्नसक्छ ।