स्वास्थ्य

वार्षिकोत्सवमा ५९ जनाले गरे रक्तदान

२१ माघ, वीरगञ्ज ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज मीना बजारको आठौँ वार्षिकोत्सवको अवसरमा आज ५९ जनाले रक्तदान गरेका छन् ।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५३ जना पुरुष र ६ जना महिला गरी ५९ जनाले रक्तदान गरेको सामुदायिक सेवा केन्द्र वीरगञ्जका उपाध्यक्ष प्रमेश सर्राफले जानकारी दिए । रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष सर्राफले बताए।