मनोरञ्जन

गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक(भिडियो)

२२ माघ, काठमाडौं । गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको (ए चरी) बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ । टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन् । गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ । म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् । निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ।

भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल (अबुन पाण्डेु मार्फत सार्वजनिक भएको हो । अस्ट्रेलियामा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि (महसुसु) ,नाचन ठुली, यो केटा त लगायतका भिडियोहरु सार्वजनिक भैसकेका छन् ।