समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र पदमुक्त

२६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् ।

मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेसँगै पदमुक्त भएका हुन् । बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित थिए ।

नागरिक उन्मुक्तिको भर गरेको एमाले नेतृत्वको प्रदेश सरकारलाई उन्मुक्तिका सांसदहरुको अनुपस्थिततिका कारण मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन् ।