समाचार

राष्ट्रपति सवारका समयमा हिडेको भन्दै प्रहरीले गरे चिकित्सकमाथि कुटपिट

२७ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवारका समयमा डुउटी आइरहेका चिकित्सकमाथि प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरुले विरोध जनाएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनित सिंहलाई प्रहरीले कुटपिट गरेको जनाइएको छ । विरोधमा उत्रेका चिकित्सकहरुले इमर्जेन्सी नै रोक्ने चेतावनी दिएका छन् ।

प्रहरीको कुटपिटबाट सिंहको टाउकोमा टुटुल्का निस्केको जनाइएको छ ।