समाचार

अध्यक्ष बनिसकेका मिलन पाण्डे अब विवेकशील साझाका उपाध्यक्ष

२८ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान संयोजक मिलन पाण्डे उपाध्यक्षमा चयन भएका छन् । हिजोदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट पाण्डे सर्वसम्मत रुपमा चयन भएका हुन् ।

त्यस्तै, पाण्डे २०७० मा विवेकशील नेपाली संस्थापक सदस्य हुँदै वैकल्पिक राजनीतिमा प्रवेश गरेका थिए । विवेकशील नेपालीको प्रवक्ता र २०७६ सालमा विवेकशील नेपालीको अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि पाण्डे २०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक बनेका थिए ।

आज उनै पाण्डे उपाध्यक्ष बनेका छन् । काठमाडौं महानगर-२१ बासी वर्षीय पाण्डे सिभिल इन्जिनियर हुन् । २०७४ मा यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार बनेका पाण्डे करिब ५ हजार मत पाएका थिए ।

२०७८ ६ पुषमा विवेकशील साझा पार्टीले तत्कालिन संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गरेको थियो । पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको कारण देखाउँदै अध्यक्ष रवीन्द्र मिश्रले पाण्डेलाई निष्कासित गरेका थिए ।