समाचार

नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री

१ फागुन, काठमाडौं । नेपाल सरकारले टर्कीलाई २२ टनभन्दा बढी राहत सामग्रीहरु पठाएको छ । सरकारले टर्कीका भूकम्प पीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो ।

औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु पठाएको परराष्ट्र मत्रालयले जनाएको छ । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ ।