समाचार

आन्दोलनकारी र प्रहरीबीच झडप, ४ राउण्ड अश्रुग्यास प्रहार

१ फागुन, सुर्खेत । सुर्खेतमा आन्दोलनकारीसँगको झडपमा एक प्रहरी घाइते भएका छन् । आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।

प्रहरीले झडप नियन्त्रण गर्न अश्रु ग्यास प्रहार हानेको छ । भट्काउ समूहले उग्रता मच्चाएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्ने आदेश दिइएको प्रहरीले जनाएको छ ।

आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।