१ फागुन, काठमाडौं । यातायात मजदुरले माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् । आन्दोलनरत मजदुरले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् ।
प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् ।
आन्दोलकारीलाई नियन्त्रण लिनको लागि प्रहरीले केही सेल अश्रुग्याँस आन्दोलकारीमाथि चलाएको छ । प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।





