समाचार

सांसद चन्द्र भण्डारीलाई भारत लैजान अस्पतालबाट निकालियो

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लाने भएको छ । बुधबार राति बुद्धनगरस्थित घरमा आगलागीबाट जलेर घाइते भएका भण्डारीलाई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ ।

नेता भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिँदै छ । स्रोतका अनुसार श्री एयरलाइन्सको विमानमार्फत भण्डारीलाई उपचारका लागि मुम्बईको नेशनल बर्नस् सेन्टरमा लगिने छ ।