समाचार

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २३ घाइते

४ फागुन, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।

प्रहरीका अनुसार बा२ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।