आर्थिक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा कर्मचारीहरुलाई सचेतना कार्यक्रम संचालन

४ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलको आयोजनामा डियरवाक ग्रुप लिमिटेड अन्र्तगत रहेका डियरवाक कम्पवयर लि. र सिफल स्कुल लि. मा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे संचिप्त जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्डको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजना (SIP) सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा संचिप्त छलफल भएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरीएको थियो । यस प्रकारका कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।