राजनीति

संसद कर्मचारी युनियनको अध्यक्षमा गोविन्द बेल्वासे

४ फागुन, काठमाडौं । संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा नेपाली कांग्रेस समर्थित गोविन्द बेल्वासे ८६ मत ल्याएर विजयी भएका छन् । बेल्वासेका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले समर्थित विनोद न्यौपानेले ६० मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा नेकपा एमाले समर्थित प्रमिला पौडेल गौतम विजयी भएकी छन् भने सचिवमा माओवादी समर्थित सरस्वती रिजाल निर्वाचित भएका छन् ।बुधबार भएको निर्वाचनमा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए ।

सहसचिवमा कांग्रेस समर्थित अर्जुन पौडेल, कोषाध्यक्षमा रामकृष्ण भेटवाल निर्वाचित भएका छन् ।