राजनीति

पहिलो पाँच वर्षमा संघीय शिक्षा ऐन ल्याउन चुक्यौं : महामन्त्री थापा

काठमाडौँ । कांग्रेसका महामन्त्री गगन थापाले हिलो संसद् संघीय शिक्षा ऐन ल्याउनमा चुकेको बताएका छन् । सांसद समेत रहेका थापाले संघीय शिक्षा ऐन संसद्को प्राथमिकतामा रहेको बताए ।

शिक्षा पत्रकार समूहले गरेको संघीय शिक्षाका नीतिगत सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले राजनीतिक गतिविधि अन्यत्र मोडिएको र यसको समस्या समाधान भएपछि संसद्को प्राथमिकता संघीय शिक्षा ऐन हुने बताए ।

त्यस्तै, उनले पहिलो पाँच वर्षमा संघीय शिक्षा ऐन ल्याउन चुकेको बताए । ‘पहिलो पाँच वर्षमा संघीय शिक्षा ऐन ल्याउन चुक्यौं । त्यो बेला हामी ल्याउनुपर्छ/गर्नुपर्छ भनेर मात्र बोल्यौ’ महामन्त्री थापाले भने, ‘यो पटक हाम्रा कार्यशैली परिवर्तन गरेर काम गर्नतिर लागेका छौं । संसदको प्राथमिकतामा संघीय शिक्षा ऐन हुन्छ ।’