राजनीति

दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रमा सिफारिस

६ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न प्रदेश १ कमिटीले सिफारिस गरेको छ ।

पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै शुक्रबार बसेको एमाले प्रदेश कमिटीको बैठकले प्रसाईंलाई पार्टीबाट निकाल्न केन्द्रसँग अनुरोध गरेको एक नेताले जानकारी दिए ।

प्रसाईंले केहि दिन अगाडी मात्र पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गरेपछि उनी विवादमा परेका हुन्। उक्त कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए ।