राजनीति

एमालेले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : सचिव भट्टराई

फाइल तस्विर

६ फागुन, सुर्खेत । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रपति निर्वाचनमा एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका छन् ।

शनिबार प्रेस चौतारी कर्णालीले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा संसदसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् । सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको उनले बताए ।

नेता भट्टराईले चुनावी गठबन्धन एमालेको कारणले नभइ दाहाल कारणले टुटेको बताए । दाहालले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको उनले बताए ।

१० पुसको सहमति मान्न रास्वपा, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी सबै मान्न तयार भएको तर माओवादीले नमान्ने भन्ने नहुने उनले बताए ।-फाइल तस्विर