८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले देश विकासको लागी दूरगामी राजनैतिक भिजन हुनु पर्ने बताएका छन् ।
आज पाल्पाको तेस्रो रामपुर महोत्सबको समापन कार्यक्रमका बोल्दै नेता चौधरीले देश राजनीतिबाट मात्रै विकास सम्भव भएको र राजनीतिमा दूरदर्शी नेताको खाँचो रहेको बताएका हुन् ।
नेता चौधरीले राजनीति मात्रै एउटा मात्र यस्तो नीति हो, जसले समग्र परिवर्तन ल्याउनसक्छ। राजनीति विकास केन्द्रीत हुनुपर्छ भन्ने मान्यता रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले पाँच दशक अघि राजपरिवारका सदस्यको अध्ययनका लागि बूढानिलकण्ठ स्कुल खुलेपनि त्यसपछि अर्को बूढानिलकण्ठ स्कुल स्थापना गर्न नसक्नु राज्यको कमजोरी भएको बताए।
उनले ५० वर्षअघि राजपरिवारका सदस्यलाई पढाउन बूढानिलकण्ठ खोलियो। ५० वर्षमा दोस्रो बूढानिलकण्ठ स्कुल बनाउन सकेनौं। नेपालीले नै सञ्चालन गरेको यो विद्यालयमा आमनेपालीका छोराछोरी पढिरहेका छन्।उनीहरुले अन्तर्राष्टिय जगतमा प्रतिस्पर्धा गरिरहेका समेत बताए ।





