राजनीति

चुनाबबाट कांग्रेस उमेदवार राष्ट्रपतिमा विजयी हुन्छ : कांग्रेस नेता डा. कोइराला

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले बाजी मार्ने बताएका छन् । आज सिन्धुलीमाडीमा कांग्रेस प्रदेश २ (१)ले आयोजना गरेको सहिद सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै राष्ट्रपति कांग्रेसले जीतेर पाउनु पर्छ भन्ने पक्षमा आफू रहेको बताएका हुन् ।

नेता कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्ने होइन,चुनावमा गएर लिने र जितेर देखाउने हो,नेपाली कांग्रेसले उम्मेदवार उठाउछ र जित्छ । यसमा म ढुक्क छु । नेपाली कांग्रेसले पाउने हैन, लिने हो ।’बताएका हुन् ।

नेता कोइरालाले पार्टी भित्र गुटगत समस्या रहेको बताउदै, गाउँ र जिल्ला तहमा भएको गुटगत राजनीतिले कांग्रेस कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले भने ‘शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । हामीमा केही कुरा चित्त नबुझे खुलस्त भन्छौं ।’

‘हामीमा समस्या छैन । हामी मिलेकै छौं । तर तल्लो निकायमा यो यसको मान्छे, यो त्यसको मान्छे । यस्तो पनि कहिँ हुन्छ ? के म कांग्रेस होइन् ?’ उनको भनाइ थियो ।