राजनीति

राष्ट्रपतिको निर्वाचनलाई लिएर विदेशी हस्तक्षप भयो : सांसद रघुजी पन्त

१० फागुन, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति निर्वाचनलाई लिएर देशमा बैदेशिक हस्तक्षप भएको बतेका छन् । आज बसेको संसद बैठकमा बोल्दै उनले नेपालको राष्ट्रपति को हुने भन्ने विषयमा विदेशीका ट्वीटमा हेर्नुपर्ने भन्दै सरकारको आलोचना गरेका हुन् ।

बैठकमा बोल्दै संसद पन्तले ‘ हाम्रो देश नेपाल कहिलै पनि पराधिन नभएको देश हो। हाम्रो देशको राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा प्रोफेसरले हाम्रा पूर्वराजदुत, पूर्वसभामुखको नाम लिदै यी व्यक्ति उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ, कस्तो दिन आयो।’ भन्दै सरकारको कटाक्ष गरेका हुन् ।

उनले “यो देशका राष्ट्रपतिको नाम विदेशीका ट्वीटमा हेर्नुपर्ने ? भारतीय सचिवले सारा पूर्वप्रधानमन्त्रीलाई भेटेको छ, यस्तो किन हुन्छ। विदेशीहरूको भेटघाटलाई नियमन गर्ने भनियो। तर, कहिलैपनि भएन” बताए ।