राजनीति

ओलीद्वारा राष्ट्रपति उम्मेदवारमा नेपाल र नेम्वाङको नाम प्रस्ताव

१० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उम्मेदवारमा माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् ।

आज बिहान भएको प्रधानमन्त्रीसँगको छलफलमा एकीकृत समजवादीका अध्यक्ष नेपाल र एमाले उपाध्यक्ष नेम्वाङको नाम प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँगको भेटमा एसका अध्यक्ष नेपाल प्रति संकेत गर्दै ओलीले ‘तपाइले र कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्ने भन्दै नेपालको नाम अघि सारेको एमाले स्रोतले जनाएको छ ।

भेटमा ओलीले गठबन्धन प्रति प्रधानमन्त्री दाहालको भूमिकाप्रति असन्तुष्टि जनाएको र आफ्नो धारणा स्पस्ट पार्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए ।