राजनीति

ओलीले घुमाउरो हिसाबले राष्ट्रपतिको प्रस्ताव गरे : माधव नेपाल

१० फागुन, काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफुलाई अप्रत्यक्ष रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको बताएका छन् । आज बसेको पार्टी सचिवालय बैठकमा उनले ओलीसँग भएको भेट बारे बताउदै बाहिर आए जस्तो नभएपनि घुमाउरो भाषामा आफुलाई प्रस्ताव गरेको जानकारी दिएका हुन् ।

बैठकमा नेपालले आफुलाई स्पष्टरुपमा राष्ट्रपतिको प्रस्ताव गरेको त होइन,तर दुवै दल मिलाएर एकता गरेर जाउ, एक्लाएक्लै गइयो भने कुनै पनि कुरा प्राप्त हुन सक्दै भन्दै ओलीले कन्भिन्स गराउन खोजेको बताएका थिए ।

अध्यक्ष नेपालले ओलीको राष्ट्रपतिको प्रस्ताव प्रति खासै आशावादी हुन नसकिने बताएका थिए ।दुई नेताबीच लामो समयपछि भएको भेटवार्तालाई सो पार्टीले आइस्ब्रेकको रूपमा लिएको स्रोतले जनाएको छ। सचिवालय बैठकले सकेसम्म राष्ट्रिय सहमति गरेर राष्ट्रपति चयन गर्ने भन्दै सबै राजनीतिक दलहरूसँग संवाद अघि बढाउने निर्णय समेत गरेको छ।