रोजगारी

माधव नेपाल भेट्न कांग्रेस वरिष्ठ नेता पौडेल पुगे आलोकनगर

१० फागुन, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको कुरा पार्टीको सचिवालय बैठकलाई ब्रिफिन गरेलगत्तै कांग्रेस नेता पौडेल भेटका लागि आलोकनगर पुगेका हुन् ।

दुई नेताबीचको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे सो पार्टीको धारणा बारे चासो राखेका थिए ।