अन्तर्राष्ट्रिय

राष्ट्रपति सीद्वारा ब्राजिलमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

१० फागुन, एजेन्सी। चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार ब्राजिलमा भारी वर्षाका कारण भएको ठूलो मानवीय क्षतिप्रति राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफू दुःखित भएको सन्देश पठाएका छन् ।

राष्ट्रपति सीले साओ पाउलो राज्यमा भएको विनाशकारी वर्षाले ठूलो मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएकोमा आफू दुःखित भएको भन्दै पीडितहरूप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

साथै उनले शोकसन्तप्त परिवार र प्रकोप प्रभावित क्षेत्रका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित जनताप्रति समेत सहानुभूति प्रकट गरेका हुन् ।