मनोरञ्जन

पल शाहको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने

१४ फागुन, कास्की । कलाकार पल शाहो मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा नाबालिग बलात्कार मुद्दा खेपिरहेका शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ ।