आर्थिक

नेपाल एयरलाइनसको टिकट बुक गर्न अब आइएमई पेबाट मिल्ने

१५ फागुन, काठमाडौं । आइएमई पेर नेपाल एयरलाइनसबीच आइएमई पे विधुतिय भुक्तानी सेवा प्रधानकर्ता को रुपमा रहने सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्न सक्नेछ ।

नेपाल एयरलाइनसको वेबसाईटमा गइ आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सक्नेछ ।

ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।