समाचार

पूर्व कानुन मन्त्रीकोइरालाले गरे जेनेभमा नेपालको प्रतीनिधीत्व

१६ फागुन, काठमाडौँ । जेनेभमा आयोजित संयुक्त राष्ट्रसंघको मानव अधिकार को ५२ औँ बैठकमा नेपालबाट पूर्व कानुन मन्त्री गोविन्द कोइराला सहभागी भएका छन् । स्वीजरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा पूर्व मन्त्रीले नेपालबाट प्रतीनिधीत्व गरेका हुन् । जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग का अनुसार उनी प्रधान मन्त्री पुष्पकमल दाहालको शान्ति तथा मानव अधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएका हुन् ।