कृषि

सरकारले दुधको मूल्य प्रति लिटर ९ रुपैयाले बढायो

१९ फागुन, काठमाडौं । सरकारले दुधको मूल्य बढाएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको हो ।
अब दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा भएको छ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला सरकारले किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाएको छ।

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रीपरिषद्‌मा पेश गरेको थियो ।

मन्त्रिपरिषदको आजको निर्णयले दुग्धजन्य पदार्थमा मूल्य बढ्दै जाने देखिएको छ।