अन्तर्राष्ट्रिय

इन्डोनेसियाको सेन्ट्रल पपुवा मा गोली चल्दा दुई जनाको मृत्यु

२० फागुन, एजेन्सी। इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवा मा शुक्रवार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन्  ।

प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई  बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको  हो । सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको थियो।

इन्डोनेसियाको पूर्वी क्षेत्रका पृथकतावादीहरूले विगत केही दशकदेखि सैनिक, प्रहरी कर्मचारी र सर्वसाधारणलाई निशाना बनाएर छापामार युद्धमार्फत स्वतन्त्रता खोज्दै आएका छन्।

यसै गरी तीन दिनअघि याहुकिमो रेजेन्सी जिल्लामा विद्रोहीको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।