अन्तर्राष्ट्रिय

अमेरिकी विदेश मन्त्री ब्लिन्केन र रुसी विदेश मन्त्री लाभरोभ बिच भेट

२० फागुन, एजेन्सी । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ बिच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ ।  रुस(युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बिच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेश मन्त्री बिच पहिलो पटक आमनेसामने कुराकानी  भएको बताएको छ । 

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी(२० देशका विदेश मन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा  सामान्य कुराकानी भएको बताएको छ । 

लाभरोभले जी २० को दोस्रो सत्रको बिचमा सङ्क्षिप्त भेट गर्नु भएको हो ।  यद्यपि  त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन । द टाइम्स अफ इन्डियाले एक रुसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरिन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ । 

तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्विकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।