अन्तर्राष्ट्रिय

पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै

२० फागुन , एजेन्सी । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठुलो गिरावट आएपछि शुक्रवार अन्तर बैङ्कमा २७८।४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ।

बिहीबार अमेरिकी डलर २८५।०९ रुपैयाँमा कारोबार बन्द भएको थियो । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको भाउ ६।६३ रुपैयाँ अर्थात् २।३८ प्रतिशतले बढेको छ ।

सिन्ह्वासँग कुरा गर्दै पाकिस्तानी वाणिज्य बैङ्क सिल्क बैङ्कका ट्रे जरी प्रमुख रेहान अतीकले अघिल्लो सत्रमा ग्रीनब्याकको मूल्यमा  भएको व्यापक वृद्धिले निर्यातकर्ताहरूलाई आफ्नो डलर बजारमा बेच्न प्रोत्साहित गरेको र त्यस कदमबाट स्थानीय मुद्रामा सुधार आएको हो । 

पाकिस्तानको विदेशी मुद्रा संघका प्रमुख मलिक बोस्तानका अनुसार बजारमा देकिएको अस्थिर प्रवृत्तिको मुख्य कारण पाकिस्तानको अन्तर्राष्ट्रिय मुद्रा कोष कार्यक्रमको वरिपरि बढ्दै गएको अनिश्चितता नै हो।