अन्तर्राष्ट्रिय

जातीय भेदभावमा परेका अश्वेत महिलालाई मुटु रोग लाग्ने सम्भावना बढी

२० फागुन, वासिङ्टन । रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ ।

संरचनात्मक जातिवादले समाजमा विद्यमान विभेदको शिकार विभिन्न स्तरमा जरा गाडेर बसेको देखाएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र फौजदारी न्याय प्रणालीमार्फत पनि नजानिदो गरी जातीय भेदभावलाई बढावा दिने प्रवृत्ति विद्यमान रहेको पनि अनुसन्धानले देखाएको छ ।

“जातिवादजस्ता दीर्घकालीन मनोसामाजिक तनावले रक्तचाप र हृदय रोगको लागि अन्य जोखिमको स्तर बढाउँछ,“ बोस्टन विश्वविद्यालय चोबानियनका चिकित्साशास्त्रका सहायक प्राध्यापक एवम् अनुसन्धाता शानशन शेहीले उल्लेख गरेको छ । यस्ता अनुसन्धानले जातीय विभेदको विभिन्न पक्षलाई उजागर गर्ने गरेको पाइएको छ ।