२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले देशको बिग्रदो आर्थिक अवस्थाका बारेमा निजी क्षेत्रका व्यवसायीहरु र अर्थ बिज्ञहरुसँग छलफल गरेका छन्।
उद्योगपछि ब्यापारीहरुसँगको भेटमा बरिष्ठ नेता डा कोईरालाले गुनासोलाई गम्भीर ढंगले साँसद र आफ्नो पार्टीमा कुरा उठाउने बचन दिएका थिए । पछिल्लो समय बैंकले लिने ब्याज र उद्योगलाई परेको समस्याका बिषयमा बिबाद भईरहेका बेला डा कोईरालासँग उद्योगपति ब्यापारीले गुनासो राखेपछि उक्त गुनासोलाई डा कोईरालाले आफ्नो स्थानबाट पहलका लागि कदम चाल्ने बताएका छन् ।
छलफलमा कांग्रेस महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्षहरु डा गोविन्दराज पोख्रेल र डा स्वर्णिम वाग्ले, उध्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, सिएनआई, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघका बिशिष्ट उद्योपति तथा स्वतन्त्र व्यवसायीहरुको सहभागीता थियो ।






