समाचार

माधव नेपाललाई समवेदना दिन अध्यक्ष ओली शङ्खमूलमा

२४ फागुन, काठमाण्डौँ । नेकपा (एमालें)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समवेदना दिएको छ ।

आज बुधबार दिउँसो शङ्खमूलस्थित किरियापुत्री भवनमा पुग्नु भई अध्यक्ष ओलीले नेपाललाई भेटेरै समवेदना दिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी र्दिए ।

अध्यक्ष नेपालका भाइ तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको शनिबार भएको दुःखद् निधनमा अध्यक्ष ओली समवेदना दिन त्यहाँ पुगेको थियो । शङ्खमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते भएका उपाध्यायको उपचारका क्रममा शनिबार निधन भएको थियो ।