समाचार

नाबालिगका बलात्कारका आरोपमा २ जना पक्राउ 

२५ फागुन, धनगढी । सुदूरपश्चिमको धनगढीमा १३ वर्षीय नाबालिगका बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको छ । 

बलात्कारका आरोप लागेका दुबै जना नाबालक रहेकाले आरोपीको नाम पनि गोप्य राखिएको छ । 

गत फागुन १७ गते धनगढी उपमहानगरपालिका  १० बस्ने १३ वर्षीय नाबालिगकालाई १६ र १७ वर्षीय नाबालकले सामूहिक रूपमा बलात्कार गरेका थिए । 

घटना ढिला सार्वजनिक भएता पनि आरापीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।