समाचार

प्रधानमन्त्री दाहालविरुद्धका रिटमा आज सुनुवाइ हुने

२५ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ। 

केही समय अघि टुँडिखेलको एक कार्यक्रममा सार्वजनिक रूपमै सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको  आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मङ्गलवार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन हुने भएको छ  ।