अन्तर्राष्ट्रिय

गैबोन जहाज दुर्घटना : दुईजनाको मृत्यु, २० बेपत्ता

२५ फागुन,लिब्रेभिल । मध्य अफ्रिकी राष्ट्र गाबोनमा बुधबार राति भएको जहाज दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य २० जना बेपत्ता भएका छन् ।

सैन्य स्रोतका अनुसार जहाज बुधवार ढिलो गरी ग्याबोनको राजधानी लिब्रेभिलबाट प्रमुख बन्दरगाह पोर्ट(जेन्टिलको लागि उडान गरिरहेको थियो । ग्याबोनीज नौसेनाले उद्धारका निम्ति दुर्घटनास्थलतर्फ टोली खटाएको जनाएको छ । दुर्घटनाको विस्तृत विवरण भने बाहिर आएको छैन।