अन्तर्राष्ट्रिय

चिनको राष्ट्रपतिमा पून :  सी जिनपिङनै निर्वाचित 

२६ फागुन, काठमाडौँ । चिनको राष्ट्रपतिमा पून सी जिनपिङनै निर्वाचित भएका छन् । राष्ट्रिय जनकाङ्ग्रेसको १४ औँ अधिवेशनबाट सर्व सहमतिमा शुक्रवार राष्ट्रपतिमा  सी जिनपिङ निर्वाचित भएको हो । 

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।