राजनीति

सर्बसाधारणका लागि दुःख हुनेगरी सडक बन्द गर्न कुनै निर्देशन दिईएको छैनः राष्ट्रपति पौडेलको सचिवालय

२४ फागुन, काठमाडौँ । नबनिर्बाचित राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणका लागि कुनै पनि प्रकारको दुःख कष्ट हुने गरी सवारी आवागमन बन्द नगरिएको र त्यस्तो निर्देशन पनि नभएको जानकारी गराएका छन् ।
पौडेलका स्वकीयसचिव चिरञ्जीवी अधिकारीले सामाजीक सञ्जालमा लेख्दै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलज्यू शुक्रबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जानुहुँदा सडकमा सर्वसाधारणका लागि कुनै पनि प्रकारको दुःख कष्ट हुने गरी सवारी आवागमन बन्द नगरिएको र त्यस्तो निर्देशन पनि नभएको बताएका हुन् ।