राजनीति

यसरी गरे नेबिसंघ, क्रान्तीकारी र अनेराश्वबीयूले तालेमेल, डा शेखर पक्षले उठायो बागी

२७ फागुन, काठमाडौं । काँग्रेस निकट बिद्यार्थी संगठन नेबिसंघले १५ स्थानमा अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पसको सभापति उठाउने सहमति भएपनि नेबिसंघले आफूले भाग पाएको वा नपाएको कलेजमा आफ्ना बागी उम्मेद्वार उठाएको छ ।

नेविसंघको भागमाः त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या, शंकरदेव, पब्लिक युथ, नेपाल कमर्श क्याम्पस, मीनभवन, महाराजगञ्ज चिकित्सा क्याम्पस, पशुपति, पाटन, आयुर्वेद क्याम्पस, जनप्रशासन, ग्रामीण आदर्श, कोटेश्वर, भक्तपुर बहुमुखी, केआईसी कालिमाटी, शिक्षा क्याम्पस, विश्वभाषा क्याम्पसलगायत परेका छन् ।

अनेरास्ववियु क्रान्तिकारीको भागमाः नेपाल ल, सरस्वती, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठीमी, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसलगायत परेका छन् ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको भागमाः रत्न राज्यलक्ष्मी, महेन्द्र रत्न ताहाचल र बानेश्वर क्याम्पसको सभापतिमा भाग परेको छ ।
पुल्चोक क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन क्याम्पस, रत्न राज्यलक्ष्मी, नेपाल कमर्श क्याम्पस, बानेश्वर क्याम्पस, कोटेश्वर क्याम्पस, ग्रामीण आदर्श क्याम्पस, वाल्मीकी विद्यापीठ मा बिबाद छ, आरआरमा त आज खुकुरी फाईटबाट तीन बिद्यार्थी घाईतेसमेत भए । शुक्रबार पनि बिभिन्न कलेजमा झडप भएको अवस्था थियो । देशभर नेबिसंघको पकड भएका कलेजमा अखिलले त अखिलको पकड भएका कलेजमा नेबिसंघले प्रशासनको मिलेमतोमा फर्जि बिद्यार्थी भर्नाको आरोप लगाएर कतिपय क्याम्पसमा तालाबन्दी छ र मनोनयन दर्ता गर्नसमेत सकेको अवस्था छैन ।
सत्तारुढ गठबन्धनले देशभर तालमेल गर्ने भनिएपनि काठमाडौ, ललितपुर र भक्तपुरका क्याप्मसमा मात्र तालमेल गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेबिसंघका सभापति दुजागं शेर्पाले एकलौटी आफ्नो समूहलाई टिकट दिएको भन्दै केन्द्रीय क्याम्पसलगायतमा डा शेखर काेइराला पक्षाले बागी उम्मेद्वार उठाएको छ । नेकपा एमालेको अनेराश्वबियूले भने देशभर कुनैसँगपनि तालमेल गरेको छैन ।