अन्तर्राष्ट्रिय

कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ

२९ फागुन, इस्लामावाद । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् ।
सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपास नजिकै अपरेशन गरेको थियो।
दुवै मृतकको पहिचान भइसकेको छ । उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक एतालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ । यसै गरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बुझिएको छ जुन घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए।