आर्थिक

सिमेन्ट उद्योगको खानी सम्बन्धी भ्रष्टाचार मुद्दा परेका १८ जनालाई सफाइ

४ चैत्र, काठमाडौँ । सिमेन्ट उद्योगको खानी सम्बन्धी भ्रष्टाचार मुद्दा परेका १८ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अनुमति पत्रमा तोकिएको भन्दा बढी चुन ढुङ्गा निकालेका उद्योगसँग  राजस्व असुल नगरेको  भ्रष्टाचारको आरोप लगाई १२ माघ २०७८ मा मुद्दा दायर भएको थियो । 

विशेष अदालतले शुक्रवार नेपाल उद्योग बाणीज्यसघंका पूर्वअध्यक्ष पशुपति मुराकर सतिह १८ जनालाईनै आरोप पुष्टि नहुने ठहर भएकाले सफाइ दिएको प्रवक्ता दिपेन्द्रनाथ योगीले बताएका छन् । 

न्यायाधीशहरू रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले मापदण्ड विपरीत चुनढुङ्गा उत्खननका क्रममा जरिवाना नलिएको घटनाबाट राजस्व चुहावट नभएको ठहर गरेका छन्  ।

विशेष अदालतको फैसलाबाट खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, माइनिङ इन्जिनियर जयराम घिमिरे, कानुन उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, इन्जिनियरहरू प्रशान्त बोहरा, घर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी, भूगर्भविद डा. सौनक भण्डारी, सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने, सिद्धार्थ मिनरल्स प्रा.लीका पशुपति मुरारका, मारुती सिमेन्ट लिमिटेडका सरद गोयल, अन्नपूर्ण क्वायरिजका ऋषि अग्रवाल, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, कञ्चभन क्वेरिजका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुङ्गा उद्योगका मानबहादुर श्रेष्ठले सफाइ पाएका छन् ।