आर्थिक

सुनको मूल्य बढेर नयाँ रेकड कायम गरे

५ चैत्र, काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेर नयाँ रेकड कायम गरेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख दश हजार ३३ रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रति तोला एक लाख नौ हजार पाँच सय रहेको छ । 

आज निर्धारण भएको यो मूल्य हालसम्मकै उच्च नयाँ रेकड रहेको छ । शुक्रबार छापावाल सुन तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोवार भएको थियो । भने तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएर प्रति तोला एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ ।