अन्तर्राष्ट्रिय

अफ्गानिस्थानमा ६.५ म्याग्निच्युडको भूकम्प

८ चैत्र, फैजाबाद । अफ्गानिस्थानको फैजाबादमा गएराती ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
भुकम्पमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

गत मंगलबार राती गएको भुकम्पको केन्द्रविन्दु अफ्गानिस्थानको जर्म शहर भन्दा करिव ४० दक्षिण पूर्वमा रहेकाले भुकम्पको झड्रका पाकिस्थान र भारतमा पनि परेको थियो ।
विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते र दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएको छ ।